प्रदेश ७समाचारस्वास्थ्य

सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या ३ हजार ८८१

Nepal Akhabar

नेपाल अखबार, कैलाली  । सुदूरपश्चिम प्रदेशमा फेला परेका संक्रमितको संख्या ३ हजार ८८१ रहेको छ ।
महिला ९०२ र पुरुष २ हजार ९७९ रहेको स्वास्थय निर्देशनालय डोटीले मिडिया ब्रिफिङ्गमा जानकारी दिएको छ । हालसम्म अछाम ६३७, बैतडी३००, बझाङ्ग १६४, बाजुरा ४४६, डडेल्धुरा २८६, दार्चुला २०, डोटी ५३६, कैलाली १०३१, कंचनपुर ४६१ जना संक्रमित फेला परेको मिडिया ब्रिफिङ्गमा जनाएको हो ।
हालसम्म १ हजार ६६८ निको भएका छन् भने ८ जना संक्रमितको मृत्यु भइसकेको छ । सेतीप्रादेशिक धनगढीको प्रयोगशालाबाट शुक्रबार गरिएको परिक्षणबाट ८, डडेल्धुरा अस्पातालको प्रयोगशाला ३ बाट जनामा संक्रमण पुष्टि भएको सामाजिक बिकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्रसिंह काक्रीले  जानकारी दिए ।
प्रदेशमा हालसम्म २८ हजार २७७ जनाको पीसीआर बिधिबाट जाँच गरिएको र २४ हजार ३९६ मा नेगेटिभ आएको उनले बताए ।
१ हजार ५१० को रिपोर्ट आउन बाँकी रहेको छ । आरडिटी बिधिबाट १ लाख २० हजार ४९६ जनामा परिक्षण गरिएको छ ।
क्वारेन्टिाईनमा ४ हजार ७५३ पुरुष र १ हजार ८५९ महिला रहेका छन । प्रदेशका बिभिन्न आईसोलेसनमा शंकास्पद १४ र संक्रमित ४८ गरी ६२ जनाको उपचार भईरहेको छ ।
७६४ जना भने सामान्य उपचार पछि घर गईसकेका छन् ।
हाल सेती प्रादेशिक अस्पताल धनगढीमा २, टिकापुरमा १३, महाकालीमा १८, अछाममा १०, डोटी २,   र मालाखेती अस्पतालमा ३ जना संक्रमितको उपचार भई रहेको उनले बताए ।
बाँकीको भने ९ वटै जिल्लाको आईसोलेसनमा उपचार भइरहेको  स्वास्थ्य महाशाखा प्रमुख काक्रीले जानकारी दिए  ।

the authoradmin

Leave a Reply