
नेपालअखबार,काठमाडौं । अमेरिकी वित्त (अर्थ) मन्त्रालयले इरान, टर्की र यूएईमा रहेका १४ व्यक्ति, कम्पनीहरू र विमानमाथि प्रतिबन्ध लगाएको छ ।
उनीहरू माथि इरान सरकारका लागि हतियार र हतियारका पार्ट–पुर्जा खरिद गर्ने र पुर्याउने काममा संलग्न रहेको आरोप छ ।
राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको साथ युद्धविराम बढाउने घोषणाभन्दा अघि अमेरिकाका तर्फबाट उक्त गरिएको कारबाही बीबीसीले जनाएको छ ।
पछिल्लो प्रतिबन्धका माध्यमबाट अमेरिकाले इरानी शासनमाथि आर्थिक दबाव जारी राख्ने प्रयास गरिएको समाचारमा उल्लेख छ ।प्रतिबन्ध लगाइएका व्यक्ति र कम्पनीहरूको सम्पत्ति अमेरिका र अमेरिकी नागरिकसँग भएको फेला परे रोक्का गरिने बताइएको छ ।

