Saturday, April 18

आज ५७ जना कोरोना संक्रमित थपिए

नेपाल अखबार, काठमाडाैं। बितेको २४ घण्टामा थप ५७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । शनिबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सो जानकारी दिएका हुन् ।
उनका अनुसार हाल देशभर कुल सक्रिय संक्रमितको संख्या ५ हजार ८२५ जना रहेको छ । यस्तै निको भएकासहित हालसम्म संक्रमित बनेकाको कुल संख्या १७ हजार ५०२ जना रहेको गौतमले जानकारी दिए ।
गौतमका अनुसार बितेको २४ घण्टामा २७ वटा प्रयोगशालाबाट  ३ हजार ३३१ जनाको नमुना परीक्षण भएको छ ।
हाल २३ हजार २७५ जना क्वारेन्टिन र ५ हजार ८२५ जना आइसोलेसनमा रहेका छन् । यस्तै बितेको २४ घण्टामा थप १०३ जना डिस्चार्ज भएसँगै कूल निको हुनेको संख्या ११ हजार ६३७ पुगेको छ ।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *