Friday, April 24

तोलामा २ हजार २ सय रुपैयाँ घट्यो सुन

नेपालअखबार,काठमाडौं । शुक्रबार सुनचाँदीको भाउ घटेको छ । सुनको भाउ प्रतितोला २ हजार २ सय रुपैयाँ र चाँदी ७५ रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस दिनका लागि महासंघले सुनको भाउ प्रतितोला २ लाख ९६ हजार ५ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ९८ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । गत शुक्रबार सुनको भाउ प्रतितोला २ लाख ९९ हजार ८ सय रुपैयाँ थियो ।त्यस्तै आज चाँदीको भाउ प्रतितोला ७५ रुपैयाँ घटेसँगै ४ हजार ९४५ रुपैयाँ छ । अघिल्लो दिन ५ हजार २० रुपैयाँ थियो । गत शुक्रबार चाँदी ५ हजार १३० रुपैयाँमा कारोबार भएको थियो ।

Advertisement