Wednesday, July 8

गाजा संकट गहिरिँदै : मृतक संख्या बढ्दो

नेपालअखबार,गाजा । गाजा क्षेत्रमा शुक्रबार इजरायली आक्रमणका क्रममा कम्तीमा १० जना प्यालेस्टिनीको मृत्यु भएको छ, जसमा हमासद्वारा सञ्चालित आन्तरिक सुरक्षा निकायसँग आबद्ध ७ जना प्रहरी पनि रहेका छन्।

Advertisement

स्थानीय स्रोत र प्रत्यक्षदर्शीका अनुसार उत्तरी गाजाको बेइत लाहिया क्षेत्रमा रहेको कमाल अडवान अस्पताल नजिकका आवासीय घरहरूमा इजरायली तोपखानाले गोलाबारी गरेको थियो । उक्त आक्रमणमा कम्तीमा ३ जनाको मृत्यु भएको छ, जसमा बालबालिका पनि परेका छन् भने अन्य केही घाइते भएका छन्।

Advertisement
Advertisement

त्यसैगरी, दक्षिण गाजाको खान युनिस पश्चिममा पर्ने अल-मवासी क्षेत्रको ‘बिर १९’ क्षेत्रमा प्यालेस्टिनी प्रहरीको सवारीसाधनलाई इजरायली ड्रोनले लक्षित गरी आक्रमण गरेको बताइएको छ, जसमा केही व्यक्तिहरूको मृत्यु र घाइते भएको छ। खान युनिसस्थित नासेर अस्पतालका स्रोतका अनुसार उक्त आक्रमणपछि ५ वटा शव र धेरै घाइतेहरू अस्पताल पुर्‍याइएका छन्।

Advertisement

यसअघि गाजा सिटीमा गरिएको अर्को आक्रमणमा प्रहरी गस्तीमाथि हमला हुँदा दुई जना प्रहरीको मृत्यु भएको थियो भने अन्य दुई जना गम्भीर घाइते भएका थिए। यी घटनाहरूमा इजरायलको तर्फबाट तत्काल कुनै प्रतिक्रिया आएको छैन ।

यो घटनाक्रम जारी तनाव र युद्धविराम उल्लङ्घनका बीच भएको बताइएको छ। गाजा स्वास्थ्य अधिकारीहरूका अनुसार युद्धविराम लागू भएयता हालसम्म ७९१ जना प्यालेस्टिनीको मृत्यु भएको छ भने २हजार २३५ जना घाइते भएका छन्।