
नेपालअखबार, काठमाडौं । काठमाडौंको थापाथलीस्थित बागमती नदी किनारमा रहेको सुकुमवासी बस्ती हटाउनेक्रममा एक महिला बेहोस भएकी छन् ।
प्रहरीले बेहोस भएकी ती महिलालाई उपचारका लागि एम्बुलेन्सको सहयोगमा अस्पताल पठाइएको जनाएको छ । बेहो भएकी महिला रेखा कुँवर हुन् ।
त्यस्तै बल्खुमा आज खाली गरिएको सुकुमवासी बस्तीनजिकै बागमती खोलामा एक व्यक्ति मृत फेला परेका थिए । शुक्रबार बिहान घर भत्केको हेर्न सक्दिनँ भन्दै निस्किएका व्यक्ति दिउँसो बागमती खोलामा मृत भेटिएका हुन् ।
मृत फेला परेका व्यक्ति ६१ वर्षीय ईन्द्रबहादुर राई रहेको उनकी पत्नी सरिता राईले बताइन् ।

