
नेपालअखबार,कास्की । पोखरामा जग्गा धितो राखी किर्ते गरेर ५० लाख रुपैयाँ ऋण निकाल्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
पोखरा महानगरपालिका वडा नं. ३० ढुङ्गेपाटन बस्ने ५२ वर्षीय मोहन बहादुर शाहीको नाममा दर्ता रहेको कित्ता नं. २४४४ र २४४७ को जग्गा निजकै श्रीमती ४४ वर्षीया वन्ती शाही र सुर्खेत चौकुने गाउँपालिका घर भई हाल पोखरा-१० बुद्धचोक बस्ने ४४ वर्षीय भद्र थापाले किर्ते गरी ऋण निकालेका हुन्।
उनीहरूले मोहनबहादुर शाहीको सहीछाप किर्ते गरेर सिद्धार्थ बैंक लिमिटेडको तालचोक शाखाबाट ५० लाख रुपैयाँ ऋण लिएको जाहेरी परेपछि प्रहरीले कारबाही अगाडि बढाएको हो। इलाका प्रहरी कार्यालय शिशुवा कास्कीबाट खटिएको टोलीले २०८३ वैशाख २५ गते शाही र मगरलाई पक्राउ गरेको सूचना अधिकारी प्रहरी नायव उपरीक्षक हरी बहादुर वस्नेतले जानकारी दिए।
पक्राउ परेका दुवै जनालाई कास्की जिल्ला अदालतबाट ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभसम्बन्धी कसूरमा पाँच दिनको म्याद थप गरी अनुसन्धान प्रकृया अगाडि बढाइएको छ।

