नेपाल अखबार, पोखरा । आइतबार बिहान पोखरा महानगरपालिकाका थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य निर्देशनालय गण्डकीले आइतबार बिहान पोखरा महानगरका ६ जना र लमजुङका ६ जना गरी थप १२ जनामा संक्रमण पुष्टि भएको जनाएको छ ।
महानगरमा कोरोना पुष्टि हुनेमा ४ जिल्लाका २४ देखि ६७ वर्ष उमेर समुहका ६ पुरुषहरु रहेको निर्देशनालयले जानकारी दिएको छ ।
त्यसैगरी लमजुङका ५ पालिकाका २९ देखि ६५ वर्ष उमेर समुहका ६ पुरुषहरुमा समेत कोरोना पोजेटिभ देखिएको निर्देशनालयले जनाएको छ ।
संक्रमितलाई जिल्लाको आइसोलेसनमा लैजाने तयारी भैरहेको निर्देशनालयले जनाएको छ । यस सँगै गण्डकीमा कोरोना संक्रमितको संख्या १ हजार ३ सय २ पुगेको छ ।
आइतबार बिहान गण्डकीमा २४ जना कोरोना संक्रमित थपिएका हुन् ।


