समाचार

सवारी साधनको कागज कीर्ते गर्ने यातायात कार्यालयका दाङका कर्मचारीसहित पाँच पक्राउ

नेपाल अखबार, घोराही । सवारी साधनको नक्कली कागजपत्र बनाएको अभियोगमा यातायात व्यवस्था कार्यालय दाङ, तुलसीपुरका कार्यालय सहयोगीसहित ५ जनालाई पनि प्रहरीले पक्राउ गरेको छ ।
चार जनाको मिलेमतोमा सरकारी छाप कीर्ते गरी नक्कली व्लुबुक बनाइरहेको सूचनाको आधारमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा यातायात व्यवस्था कार्यालय तुलसीपुरका कार्यालय सहयोगी तुलसीपुर–४ निवासी ४८ बर्षीय कृष्णप्रसाद खनाल, तुलसीपर–६– का २१ बर्षीय अव्दुल हफिस सिद्धिकी, ३७ बर्षीय जीवन पोखरेल, ३२ बर्षीय बिष्णु घिमिरे र चक्रबहादुर वली रहेका छन् ।
उनीहरुको साथबाट प्रदेश ५ सरकार भौतिक पूर्वाधार मन्त्रालय यातायात व्यवस्थाप कार्यालय दाङ लेखेको छाप १ थान, शाखा अधिकृतको छाप १ थान समेत बरामद गरेको छ । त्यस्तै एक लाख रुपैयाँ नगद समेत बरामद भएको एसपी चन्दे बताए ।
उनीहरुको मोटरसाइकल चोरी गर्ने र मोर्डिफाइ गर्ने गिरोहसँग संलग्नता भएको हुनसक्ने भन्दै प्रहरीले थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी उपरीक्षक (एसपी) गणेश चन्दले जानकारी दिए ।

the authoradmin

Leave a Reply