विश्व

ट्रम्पले भने, ‘अमेरिकाको मृत्युदर सबैभन्दा कम’

Nepal Akhabar

नेपाल अखबार, एजेन्सि। जोन्स होपकिन्स विश्वविद्यालयले अमेरिकामा कोभिड–१९ का कारण मृत्यु हुनेको आँकडा १.४० लाखभन्दा माथि गइसकेको र । मृत्युदरको मामिलामा अमेरिका संसारभरीको सातौं स्थानमा भएको बताएको छ ।
तर अमेरिकी राष्ट्रपतिले भने जोन होपकिन्सले जारी गरेको आँकडा अस्विकार गरेका छन् ।
फक्स न्यूजलाई दिएको अन्तरवार्तामा ट्रम्पले उनको देशमा सबैभन्दा कम मृत्युदर भएको बताएका छन् । उनले देशमा कोरोनाभाइरस संक्रमितको संख्या वृद्धि हुनुमा अत्यधिक व्यक्तिमा गरिएको परीक्षण जिम्मेवार भएको बताएका छन् ।
जोन होपकिन्सका अनुसार संसारभरी ६ लाखभन्दा बढीको मृत्यु भइसकेको छ र मृत्यु हुनेमा एक चौथाई व्यक्ति अमेरिकी छन् ।
अमेरिकाको दक्षिणी राज्यमा संक्रमितको संख्या अत्यधिक वृद्धि भइरहेको छ  ।
स्रोतः बीबीसी

the authoradmin

Leave a Reply