
नेपालअखबार,काठमाडौँ । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा पत्रकारलाई निषेध गरिएको छ । सिंहदरबार स्थित समितिको कार्यालयमा बसेको बैठकमा पत्रकारलाई प्रवेश नदिइएको हो ।
परराष्ट्र मन्त्रीको भारत र चीन भ्रमणका साथै अन्य समसामयिक विषयहरूमा समितिलाई जानकारी गराइने कार्यसूची रहेको छ। बैठकमा परराष्ट्र मन्त्री शिशिर खनाल र परराष्ट्र सचिव अमृतबहादुर राईलाई आमन्त्रण गरिएको छ।




