
नेपालअखबार,काठमाडौँ । त्रिपुरेश्वरस्थित राहदानी विभाग नजिकै आत्मदाह प्रयास गरेका २५ वर्षीय गणेश नेपालीको स्वास्थ्य अवस्था चिन्ताजनक रहेको अस्पतालले जनाएको छ।
उनको हाल वीर अस्पतालको सघन कक्षमा उपचार भइरहेको छ । उपचारमा संलग्न प्लास्टिक सर्जन डा. पीयूष दाहालले नेपालीको अवस्था गम्भीर रहेको बताए। दाहालले भने,‘हात घाँटी, टाउकोमा जलन भएको छ । ५० प्रतिशत भन्दा बढी जलेको छ । उहाँको सघन कक्षमा उपचार भइरहेको छ ।’




