Thursday, July 16

पोखराबाट भरुवा बन्दुकसहित ३ जना पक्राउ

नेपालअखबार, काठमाडौं । कास्कीको पोखरा महानगरपालिका मझेरीपाटनबाट भरुवा बन्दुकसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

Advertisement

पक्राउ पर्नेमा स्थानीय ५५ वर्षीय अजय नेपाली, २६ वर्षीय सन्जय नेपाली र ३० वर्षीय साजन विश्वकर्मा छन् । प्रहरीले उनीहरुलाई गएराति दस बजे पक्राउ गरेको जनाएको छ ।

Advertisement
Advertisement

साजनको कोठाबाट एक नाल भरुवा बन्दुक र फलामको धारिलो हतियार समेत बरामद भएको प्रहरीले जनाएको छ ।

Advertisement

थप अनुसन्धानका लागि उनीहरुलाई वडा प्रहरी कार्यालय रामबजारमा राखिएको छ ।