Monday, April 27

ससंदीय समितिका सभापतिको गुनासो : समन्वयको अभाव भयो

नेपाल अखबार, काठमाडौं । संसदीय समितिका सभापतिहरुले समितिका बैठक बस्न समन्वयको अभाव भएको गुनासो गरेका छन् । सोमबार प्रतिनिधिसभाका सभामुखसँग समिति सभापतिहरुको छलफलमा उनीहरुले यस्तो गुनासो गरेका हुन् ।
छलफलमा सभापतिहरुले समितिका कामकारवाही, समस्या र समाधानका लागि पहल गर्न आग्रह गरेका थिए । सहभागी सभापतिहरुले प्रतिकुल समयका कारण समन्वयको अभाव, हल उपकरण लगायतका समस्या रहेकाले त्यसको सम्बोधन गर्न आग्रह गरेको छलफलपछि सभामुख अग्नि सापकोटाले जानकारी दिए । सभामुख सापकोटका अनुसार समस्याहरु सम्बोधन गर्दै अघि बढ्ने सहमति भएको जानकारी दिए ।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *