Saturday, July 25

मन्त्रीले राजीनामा दिए पनि सिजेपीले प्रदर्शन जारी राख्ने

नेपालअखबार, काठमाडौँ । भारतमा शिक्षामन्त्री धर्मेन्द्र प्रधानले राजीनामा दिए पनि कक्रोच जनता पार्टी (सिजेपी)ले प्रदर्शन जारी राख्ने भएको छ।

Advertisement

शिक्षामन्त्रीको राजीनामापछि जन्तर मन्तरमा प्रदर्शनकारीहरूलाई सम्बोधन गर्दै सिजेपीका संस्थापक अभिजित दिप्केले प्रदर्शन जारी रहने बताएका हुन्।

Advertisement
Advertisement

सिजेपीले तीन माग राखेर प्रदर्शन गरेको थियो। त्यसमध्ये शिक्षामन्त्रीको राजीनमा पहिलो माग थियो।

Advertisement

‘बाँकी दुइटा माग पूरा भएका छैनन्। त्यो पूरा नहुन्जेल हाम्रो प्रदर्शन जारी रहन्छ,’ दिप्केले भनेका छन्।

सिजेपीले शिक्षामन्त्रीको राजीनमासँगै प्रश्नपत्र लिक भएपछि आत्महत्या गरेका विद्यार्थीका परिवारलाई जनही एक/एक करोड दिनुपर्ने माग राखेको थियो।

त्यस्तै प्रदर्शनकै क्रममा प्रहरीले नियन्त्रणमा लिएका विद्यार्थीहरू आन्दोलनकारी विरूद्ध दर्ता गरिएका सबै जाहेरी र मुद्दा फिर्ता गर्नुपर्ने माग राखेको छ।

यी मागहरू पूरा नहुन्जेल आन्दोलन जारी रहने दिप्केले बताएका हुन्।

सिजेपी प्रवक्ता आशुतोष राकाले पनि सबै माग पूरा नभएसम्म आन्दोलन नरोकिने बताए।

‘हाम्रो तीन वटै माग पूरा गर्ने लिखित सहमति भए हामी घर जानेछौं,’ उनले भने।

उनले आइतबार साँझ ६ बजे देशभरी क्यान्डल मार्च निकालिने घोषणा पनि गरेका छन्।