Saturday, July 25

प्रेस स्वतन्त्रताको पक्षमा काठमाडौंमा पत्रकार महासंघको प्रदर्शन

नेपालअखबार,काठमाडौं । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा हुनुपर्ने भन्दै नेपाल पत्रकार महासंघले काठमाडौंमा प्रदर्शन गरेको छ ।

Advertisement

नेपाल पत्रकार महासंघ उपत्यका प्रदेश समिति र मातहतका काठमाडौं, भक्तपुर र ललितपुर जिल्ला शाखाको आयोजनामा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा, सञ्चार जगतका अत्यावश्यक मागहरुको सम्बोधन, सञ्चारगृहहरुको सुरक्षा र नागरिक अधिकार रक्षा लागि भन्दै शनिबार काठमाडौंको माइतिघरमा प्रदर्शन गरेका हुन् ।

Advertisement
Advertisement

प्रदर्शनमा सहभागीहरुले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कायम गर, समानुपातीक बिज्ञापन नीति तुरुन्त लागू गर, प्रेस स्वतन्त्रता कुनै सुविधा होइन, मौलिक अधिकार हो लगाएत लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

Advertisement

महासंघका उपाध्यक्ष नितु पण्डितले दुई–तिहाइको बलियो सरकार बनेपछि प्रेस जगत्लाई अझ सशक्त र व्यवस्थित बनाउने अपेक्षा रहेपनि, राज्यको संरक्षणमा मिडियालाई प्रोत्साहन गर्नुको साटो अङ्कुश लगाउने काम गरेको बताइन् ।

सूचनाको पहुँचमा नियन्त्रण/अङ्कुश लगाउनु र  समाचार लेखेकै आधारमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा धम्की दिइनु र पक्राउ गरिनु स्वीकार्य नभएको उनको भनाइ छ ।

उनले मिडिया गृहको ढोकामै गाडी रोकेर सूचना र प्रेसमाथि अवरोधको घटनामा दोषीमाथि कुनै छानबिन र कारबाही नभएकोमा दु:खद भएको उल्लेख गरिन् ।