Saturday, August 1

२१ शाखा अधिकृतकाे सरुवा, काे कहाँ ? (सूचीसहित)

नेपालअखबार, काठमाडाैँ । २१ शाखा अधिकृतकाे सरुवा गरिएकाे छ । शुक्रबार भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले उनीहरूकाे सरुवा गरेकाे हाे।

Advertisement

सीता देवी थापालाई गृह मन्त्रालयमा सरुवा गरिएको छ । प्रेम राज लुइँटेल र भविन्द्र कार्कीलाई पनि गृह मन्त्रालयमा सरुवा गरिएको छ । सन्ताेष कुमार खत्री र दीपेश कट्टेललाई पनि साेही मन्त्रालयमा सरुवा गरिएकाे छ ।

Advertisement
Advertisement

गौरव पन्थीलाई ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा सरुवा गरिएको छ । मन्त्रालयले शरद कुमार दाहाललाई जिल्ला समन्वय समितिकाे कार्यालय दाेलखा सरुवा गरेकाे छ । गुलशन भगत चाैरसियालाई परराष्ट्र मन्त्रालयमा सरुवा गरिएकाे छ भने साजन अधिकारीलाई सञ्चार तथा सूचना मन्त्रालयमा सरुवा गरिएकाे छ ।

Advertisement

मन्त्रालयले तीन जना शाखा अधिकृतलाई प्रमुख प्रशासकीय अधिकृत बनाएर गाउँपालिकामा पठाएको छ ।

सुदिप सापकोटालाई शिवपुरी गाउँपालिका नुवाकोटमा प्रमुख प्रशासकीय अधिकृतको रूपमा सरुवा गरिएको छ। खगेन्द्र पौडेललाई ककनी गाउँपालिका नुवाकोट पठाइएको छ भने जयराम उप्रेतीलाई उत्तरगया गाउँपालिका रसुवा पठाइएको छ।

हेर्नुहाेस् सरुवा सूची

 

12