
नेपालअखबार,गण्डकी । मर्दी हिमाल पदयात्रामा रहेका तीन जना सम्पर्कविहीन भएका छन् । पदयात्राबाट फर्कने क्रममा कास्कीको पोखरा महानगरपालिका-१४ का अजित जिसी, युकेश गुरुङ र दीपेश गुरुङ सम्पर्कविहीन भएका हुन्।
माछापुच्छ्रे गाउँपालिका-९ बादलडाँडा नजिकको जङ्गलमा बाटो बिराएर अलपत्र परेको हुन सक्ने आशङ्का गरी प्रहरीले खोजी कार्य तीव्र पारेको जनाएको छ ।
युवकहरुको मोबाइल बन्द रहेको माछापुच्छ्रे-६ भेँडाबारीस्थित अस्थायी प्रहरी पोष्टका प्रहरी हवल्दार जीवन बरालले जानकारी दिए ।
‘मर्दी हिमालको हाइ क्याम्पबाट फर्कने क्रममा बाटो बिराएर जङ्गलमा अलपत्र परेको भन्ने सूचनापछि बिहानैदेखि खोजीकार्य भइरहेको छ’, उनले भने।




