नेपाल अखबार, काठमाडौं । जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले भोटेकोशी नदी किनारको बस्तीका नागरिकलाई सुरक्षित ठाउँमा सार्न जिल्ला विपद् व्यवस्थापन समितिलाई अनुरोध गरेको छ ।
जिल्ला प्रशासनले सोमबार सूचना जारी अविरल वर्षाका कारण चीनको खासा क्षेत्रमा रहेको ‘केरुङ च्छो’ ताल फुट्ने जोखिममा रहेको भन्दै नागरिकलाई सुरक्षित ठाउँमा लैजाने व्यवस्था मिलाउन समितिलाई अनुरोध गरेको हो ।
पोखरी फुटेमा भोटेकोशी नदीमा आकस्मिक पानीको वाहाव अत्याधिक बढने भइ नदी किनारको बस्तीमा ठूलो क्षति पुर्याउन सक्ने भन्दै स्थानीय तह सरोकारवालाहरुलाई सतर्क र सचेत रहन भनेको छ ।
ताल फुटे सिन्धुपाल्चोकका भोटेकोशी गाउँपालिका र बाह्रबिसे नगरपालिका लगायतका स्थानीय तहमा क्षति पुग्ने प्रशासनले जनाएको छ ।


