Tuesday, August 11

रहेनन् वरिष्ठ साहित्यकार डा. राजेन्द्र बिमल

नेपालअखबार, जनकपुरधाम । जनकपुर निवासी वरिष्ठ साहित्यकार प्रा.डा. राजेन्द्र विमलको निधन भएको छ ।  ७९ वर्षीय डा. विमलको गएराति प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा निधन भएको हो । राति घरमै नातिसँग खेलिरहेका उनको स्वास्थ्यमा एक्कासि समस्या उत्पन्न भएपछि थप उपचारका लागि अस्पताल भर्ना गरिएको छोरा विभास लाभले बताए । उनको उपचारको क्रममा अक्सिजनको मात्रा घट्दै गएपछि १ बजेतिर निधन भएको हो ।

Advertisement

उनको आजै स्वर्गद्धारीमा अन्त्येष्टि गरिने र अन्तिम श्रद्धाञ्जलीको लागि अहिले निजी निवास जनकपुर १० देवीचौकमा राखिएको छ ।

Advertisement
Advertisement

अध्यापन पेसामा लामो समय काम गरेका उनले विज्ञान विषयमा विद्यावारिधी गर्दै नेपाली, हिन्दी तथा अंग्रेजीमा स्नाकोत्तर गरेका थिए । बाल्यकाल देखि नै साहित्यमा रुचि देखाएका उनको विभिन्न कथा, नाटक तथा लघुकथाहरू प्रकाशन भएका छन् ।

Advertisement

नेपाली तथा मैथिली भाषामा उच्च योगदान पुर्‍याएको भन्दै डा.विमल २०६६ सालको जगदम्बाश्री पुरस्कारबाट पनि सम्मानित भएका थिए ।