विश्वस्वास्थ्यहाइलाइट-समाचार

डब्ल्यूएचओले कोरोना भ्याक्सिन बनाउने वैज्ञानिकलाई दियो बधाइ

नेपाल अखबार, एजेन्सि । कोरोना भाइरसविरुद्धको भ्याक्सिनबाट सकारात्मक परिणाम प्राप्त भएकोलाई विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) स्वागत गरेको छ । भ्याक्सिन बनाउने अक्सफोर्ड विश्वविद्यालयका वैज्ञानिकहरुलाई डब्ल्यूएचओले बधाइसमेत दिएको छ ।
यद्यपि फैलिँदो संक्रमणबाट लड्नका लागि अझै धेरै काम गर्न बाँकी रहेको डब्ल्यूएचओले जनाएको छ ।
जेनेभामा एक प्रेस कन्फ्रेन्समा बोल्दै डब्ल्यूएचओका आपतकालीन कार्यक्रमका निर्देशक डा. माइक रेयानले अक्सफोर्ड विश्वविद्यालयका वैज्ञानिकलाई बधाइ दिँदै भने, ‘यो सकारात्मक परिणाम हो । तर अझै लामो यात्रा तय गर्न बाँकी छ ।’ उनले ठूलो संख्यामा परीक्षण गर्नुपर्ने पनि बताएका छन् । अक्सफाेर्ड  विश्वविद्यालयका वैज्ञानिकहरुले निर्माण गरेकाे खाेपलाई आशलाग्दो खोपको रुपमा हेरिएको छ । यद्यपि यसको अन्य सुरक्षात्मक उपाय र ठूलो समूहमा गरिने परीक्षण भने चलिरहेको छ ।
कोरोनाविरुद्ध हाल विश्वभर २३ भ्याक्सिन बनाउने काम जारी छ । डा. रेयानले कोरोनाको उपचार खोज्ने दिशामा धेरै भ्याक्सिनमाथि काम भइरहनु राम्रो हो ।’
यसैगरी डब्ल्यूएचओका प्रमुख डा. टेड्रोसले कुनै पनि सफल भ्याक्सिन सबै देशका नागरिकले पाउनु पर्ने बताएका छन् ।

the authoradmin

Leave a Reply