
नेपालअखबार, विराटनगर । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) आज कोशी प्रदेश सरकारमा सहभागी हुने भएको छ ।
नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच साउन पहिलो साता भएको तीनबुँदे सहमतिपछि आज नेकपा प्रदेश सरकारमा सहभागी हुने तयारी गरेको हो ।
९ मन्त्रालय रहेको प्रदेशमा नेकपाबाट ४ जना मन्त्री सहभागी हुनेछन् । मुख्यमन्त्रीसहित ५ मन्त्रालयको नेतृत्व एमालेले गर्नेछ।
नेकपाभित्र आकांक्षी धेरै भएका कारण मन्त्री छान्नका लागि नेकपाका नेताहरू छलफलमा छन् । नेकपा संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोका अनुसार दलले आजै सरकारमा पठाउने मन्त्री छान्नेछ ।
नेकपाले मन्त्री छानेपछि आज दिउँसो ३ बजेपछि शपथ कार्यक्रमको तयारी गरिएको छ ।




