Tuesday, August 18

प्रधानमन्त्री र भारतीय सेनाध्यक्षबिच भेटवार्ता

नेपालअखबार,काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र(बालेन) शाहसँग भारतका स्थल सेनाध्यक्ष जनरल धीरज सेठले शिष्टाचार भेटवार्ता गरेका छन् ।

Advertisement

रक्षामन्त्री समेत रहेका प्रधानमन्त्री शाहसँग सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सेनाध्यक्ष सेठले मङ्गलबार शिष्टाचार भेटवार्ता गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

Advertisement
Advertisement

सो भेटमा नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तव समेत सहभागी थिए । प्रधान सेनापति अशोकराज सिग्देलको औपचारिक निमन्त्रणमा सेनाध्यक्ष सेठ चार दिने भ्रमणको सिलसिलामा आइतबार काठमाडौँ आएका थिए।

Advertisement

सेनाध्यक्ष सेठलाई सोमबार राष्ट्रपति रामचन्द्र पौडेलज्यूले नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिन्ह प्रदान गरेका थिए।

नेपाल र भारतबिच सन् १९५० देखि एक–अर्को देशका सेना प्रमुखलाई मानार्थ महारथीको दर्ज्यानी चिन्ह प्रदान गर्ने परम्परा छ।

सोमबार नै प्रधान सेनापति सिग्देल र सेनाध्यक्ष सेठबिच द्विपक्षीय भेटवार्ता समेत भएको थियो।