Wednesday, August 19

सांसद खड्काद्वारा आत्मदाह गरेका गणेश नेपालीको परिवारलाई आर्थिक सहयोग

नेपालअखबार,काठमाडौँ । नेपाली कांग्रेसका सांसद विष्णुबहादुर खड्काले त्रिपुरेश्वरमा आत्मदाह गरेका मुगुका गणेश नेपालीको परिवारलाई आर्थिक सहयोग प्रदान गरेका छन् ।

Advertisement

सांसद खड्काले आफ्नो तीन दिनको पारिश्रमिक दिने पूर्व प्रतिबद्धता अनुसार थप रकम समेत जोडेर जम्मा २५ हजार रुपैयाँ नगद सहयोग हस्तान्तरण गरेका हुन् । सिंहदरबारस्थित नेपाली कांग्रेस संसदीय दलको कार्यालयमा उनले मृतक गणेश नेपालीको परिवारलाई उक्त रकम प्रदान गरेका हुन्

Advertisement
Advertisement

केही समयअघि काठमाडौँको त्रिपुरेश्वरमा मुगुका गणेश नेपालीले आत्मदाह गरेका थिए । दुःखद घटनापछि सांसद खड्काले उनको पीडित परिवारलाई आफ्नो पारिश्रमिकबाट सहयोग गर्ने घोषणा गरेका थिए ।

Advertisement
सहयोग हस्तान्तरण गर्दै सांसद खड्काले विपतको समयमा सानो भए पन सहयोग पुगोस् भन्ने उद्देश्यले आफूले यो कदम चालेको बताए ।