प्रदेश ४समाचारस्वास्थ्य

गण्डकीमा थप ९ जनामा कोरोना पुष्टि

नेपाल अखबार, पोखरा । गण्डकीमा थप ९ जना कोरोना संक्रमित भेटिएका छन् । यो सँगै प्रदेशमा कुल संक्रमितको संख्या १३२९ पुगेको छ ।
स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार म्याग्दी, बागलुङ र स्याङ्जामा गरि ९ संक्रमित थपिएका हुन् । आज थपिएका संक्रमितमध्ये म्याग्दीको अन्नपूर्णमा २ र बेनीमा १ पुरुष संक्रमित थपिएका छन् । यसैगरी, स्याङ्जाको फेदीखोलामा र बागलुङको ताराखोलामा ३, ३ जना संक्रमित थपिएका छन् ।
संक्रमितमध्ये १ हजार २० जनाले कोरोना जितेर घर फर्कि सकेका छन् । ४ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन् ।

the authoradmin

Leave a Reply