Saturday, August 29

तिनाउ खोलामा पौडी खेल्ने क्रममा बगेका भारतीय युवाको शव बुटवलमा फेला

नेपालअखबार, बुटवल । पाल्पाको तिनाउ खोलामा पौडी खेल्ने क्रममा शनिबार बिहान बगेका एक भारतीय युवाको शव बुटवलमा फेला परेको छ ।

Advertisement

तिनाउ गाउँपालिका–३, ड्यामसाइड क्षेत्रमा पौडी खेल्ने क्रममा बगेका भारत उत्तर प्रदेशको सिद्धार्थनगरका २९ वर्षीय प्रभाष सोनीको शव बुटवल उपमहानगरपालिका–१५, उजेलापुर क्षेत्रमा फेला परेको इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी निशान्त श्रीवास्तवले जानकारी दिए ।

Advertisement
Advertisement

स्थानीयका अनुसार तीन जना भारतीय मूलका युवा शनिबार बिहानै तिनाउ खोलामा पौडी खेल्न पुगेका थिए । उनीहरू पौडी खेलिरहेका बेला माथिल्लो तटीय क्षेत्रमा पानीको बहाव बढेर खोलामा एक्कासि पानीको सतह बढेपछि प्रभाषलाई बगाएको बताइएको छ ।

Advertisement

बगेका प्रभाषको खोजी गर्ने क्रममा केही घण्टापछि उनको शव बुटवल–१५ उजेलापुर क्षेत्रमा फेला परेको प्रहरीले जनाएको छ ।