Saturday, September 5

यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना

नेपालअखबार, काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ।

Advertisement

हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतर्फ रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

Advertisement
Advertisement

शनिबार बिहान देशभर साधारणतया बादल लागेको छ।

Advertisement

बिहान बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशको एक-दुई स्थानमा हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ।

पछिल्लो चौबीस घन्टामा देशका विभिन्न भूभागमा मध्यमदेखि भारी वर्षा मापन भएको छ।

सिन्धुपाल्चोकको चन्दर्कुमा ७८.८ मिलिमिटर, पाल्पाको अर्चलेमा ७४.६ मिलिमिटर, कैलालीको बुडियानमा ७५.४ मिलिमिटर, कालीकोटको गेलामा ६६.६ मिलिमिटर, मुगुको मांग्रीमा ७३.२ मिलिमिटर, डोटीको झिग्रानामा ६९.४ मिलिमिटर वर्षा मापन भएको छ।

शनिबार दिउँसो देशभर साधारणतया बादल लाग्ने पूर्वानुमान छ।

त्यस्तै हिमाली भू-भागका केही स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ भने पहाडी भू-भागका धेरै स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्म वर्षा तथा हिमपातको सम्भावना छ।

लुम्बिनी र सुदुरपश्चिम प्रदेशको तराई भू-भागका धेरै तथा मधेश प्रदेश लगायत कोशी, बागमती र गण्डकी प्रदेशका तराई भू-भागका केही स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्म वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

दिउँसो नै कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भू-भाग, कर्णाली प्रदेशको पहाडी भू-भाग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाडी र तराई भू-भागको एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ।

शनिबार राति पनि देशभर साधारणतया बादल लाग्ने पूर्वानुमान छ।

राति हिमाली र पहाडी भू-भागका केही स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ। तराई भू-भागका केही स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्म वर्षाको सम्भावना छ।

कोशी र बागमती प्रदेशको पहाडी भु-भाग  तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको  तराई भू-भागको एक-दुई स्थानमा राति पनि भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ|