नेपाल अखबार, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले बाढी, पहिरोमा परेकाहरुको उद्धार, राहत र पुनर्स्थापनामा परिचालित हुन नेता कार्यकर्तालाई निर्देशन दिएको छ ।
मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा स्थायी कमिटी बैठकले प्रकृतिक विपत्तिमा परेकाहरुको उद्धार प्रभावकारी बनाउन, घाइतेहरुको निःशुल्क उपचार, घरबारविहीन भएकाहरुलाई अस्थायी अवास र अभिभावक गुमाएका बालकालिकालाई संरक्षण गर्न सरकारको विशेष ध्यानाकर्षण गराएको छ ।
Nepal Akhabar > Blog > राजनीति > राहत र उद्धारमा जुट्ने प्रस्ताव पास गर्दै नेकपा बैठक स्थगित
