Sunday, September 27

बाँकेमा हावाहुरीले धानबालीमा क्षति

नेपालअखबार,बाँके । लगातारको वर्षासँगै शनिबारको हावाहुरीले बाँकेमा धानबालीमा क्षति भएको छ ।

Advertisement

नेपालगञ्ज–१९ मन्निपुरका किसान हेमराज काँदुका अनुसार अधिकांश खेतमा हुरीले धान ढालेको छ ।

Advertisement
Advertisement

डुडुवा गाउँपालिका–५ का सुजन थापाको खेतमा पनि धान ढलेको छ ।

Advertisement

कृषि ज्ञान केन्द्रकी वरिष्ठ कृषि प्रसार अधिकृत सुजिता शर्माले धानबालीमा भएको क्षतिको पूर्ण विवरण संकलन भइनसकेको जानकारी दिँदै ३३ हजार ५०३ हेक्टरमा धान रोपिएको बताए ।