Tuesday, September 29

डडेलधुरामा एक प्रहरी जवान मृत फेला

नेपालअखबार,धनगढी । डडेलधुरामा एक प्रहरी जवान मृत अवस्थामा फेला परेका छन्। बैतडीको सिगास गाउँपालिका–३ घर भएर जिल्ला प्रहरी कार्यालय डडेलधुरामा कार्यरत प्रहरी जवान ठगेन्द्रसिंह बोहरा मृत फेला परेका हुन्।

Advertisement

चितवन दरबन्दी भएका बोहरा डडेलधुरामा कार्यरत थिए। उनी अमरगढी नगरपालिका–५ को ऋषि खोला सामुदायिक वनमा झुन्डिएको अवस्थामा मृत भेटिएको डडेलधुरा प्रहरीले जनाएको छ।

Advertisement
Advertisement

प्रहरी स्रोतका अनुसार घटनाअघि उनले झुन्डिन लागेको तस्बिर समेत आफ्नी श्रीमतीलाई पठाएका थिए।

Advertisement

श्रीमतीले जिल्ला प्रहरी कार्यालयमा खबर गरेपछि खोजी थालिएको थियो।

खोजीका क्रममा उनी मृत भेटिएका हुन्। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।