Thursday, October 1

११०० किलो गाँजा बरामद

नेपालअखबार,सिरहा। सिरहाबाट सशस्त्र प्रहरी बलले ११०० किलो गाँजा सहितको गाडी नियन्त्रणमा लिएको छ।

Advertisement

गएराति करिब १ बजे सिरहाको सुखीपुर नगरपालिका-१० विश्वकर्मा चोक गागन खोला पुलबाट गाँजा बोकेको बोलेरो गाडी र मोटरसाइकल नियन्त्रणमा लिएको हो।

Advertisement
Advertisement

गए राती करिब १ बजे  सिरहा जिल्लाको  सुखीपुर नगरपालिका-१० विश्वककर्माचोक गागन खोलापुल बाट गांजा बोकेको बोलेरो गाडी र मोटरसाइकल नियन्त्रणमा लिइएको सशस्त्रका सह-प्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए।

Advertisement

सशस्त्र प्रहरी बल नेपाल नं.७ गण सुरक्षा बेश गोलबजार र सुरक्षा वेश सुखीपुरको संयुक्त टोलीले  बा १४ च २९४ नम्बरको बोलेरो गाडी र स ६ प ४८५९ नम्बरको मोटरसाइकलमा लैजादै गरेको गाजा  नियन्त्रणमा लिएको हो।

२६ वटा बोरामा प्याक गरिएको  ११०२.६५५ के.जी. गांजा सहितको गाडी र मोटरसाइकल छोडेर चालक भागेको बताए। बरामद सामान आवश्यक कारबाहीको लागि सम्बन्धित निकायमा बुझाउने प्रक्रिया रहेको छ।