Saturday, October 10

पृथ्वी राजमार्गअन्तर्गत गलौदी सडक सञ्चालनमा ल्याउन आज दिनभर लाग्ने

नेपालअखबार,काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत पर्ने धादिङको गजुरी गाउँपालिका–५ गलौदी सडकखण्ड शनिबार अपराह्नपछि सञ्‍चालनमा आउने सम्भावना देखिएको छ ।

Advertisement

त्रिशूली नदीको कटानमा परी भाँसिएको सडक अवस्था सामान्य रहे अपरान्हदेखि सुचारु हुने सडक विभागले जनाएको छ ।

Advertisement
Advertisement

‘स्थानीय निकायसँग छलफल भई ‘ब्याक कटिङ’को कार्य सुरु गरिएको छ,’ सडक विभागले सामाजिक सञ्जाल फेसकुबमार्फत सूचना जारी गर्दै भनेको छ, ‘सम्पूर्ण अवस्था सामान्य रहे करिब ८ घन्टा (अपरान्ह ४ बजे) मा यातायात सुचारू हुनेछ ।’

Advertisement

सूचनामा यसअघि स्थानीय निकायबाट अवरोध भएका कारण ‘ब्याक कटिङ’को काममा सुरू गर्न नसकिएको पनि उल्लेख छ ।पृथ्वी राजमार्गको गलौदी (गजुरी नजिक काठमाडौंतर्फ) मा सडक भासिएकोले पृथ्वी राजमार्ग अबरुद्ध भएको छ ।