Sunday, October 18

देशभर चिसो बढ्दै, जुम्लाको तापक्रम माइनसमा झर्‍यो

नेपालअखबार,काठमाडौँ। देशभर चिसोको प्रभाव बिस्तारै बढ्न थालेसँगै न्यूनतम तापक्रम घट्दो क्रममा देखिएको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेकाले अधिकांश भू-भागमा चिसो बढ्दै गएको हो ।

Advertisement

आइतबार बिहान मापन अनुसार काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १३.५ डिग्री सेल्सियसमा झरेको छ । काठमाडौंमा पछिल्ला तीन दिनदेखि तापक्रम निरन्तर घटिरहेको छ । यसअघि शुक्रबार १५.० डिग्री सेल्सियस मापन गरिएको काठमाडौंको न्यूनतम तापक्रम शनिबार घटेर १३.८ डिग्री पुगेको थियो ।

Advertisement
Advertisement

जुम्लामा तापक्रम माइनसमा

Advertisement

महाशाखाले सार्वजनिक गरेको १७ वटा स्टेसनको विवरणअनुसार देशमै सबैभन्दा कम तापक्रम जुम्लामा मापन गरिएको छ । आइतबार जुम्लाको न्यूनतम तापक्रम माइनस ०.५ (–०.५) डिग्री सेल्सियसमा झरेको छ । जुम्लामा पनि चिसो तीव्र रूपमा बढिरहेको तथ्यांकले देखाउँछ; त्यहाँ शुक्रबार ३.० र शनिबार १.५ डिग्री सेल्सियस न्यूनतम तापक्रम रहेको थियो ।

कुन स्थानमा कति छ तापक्रम ?

महाशाखाको पछिल्लो विवरण अनुसार पहाडी तथा उच्च हिमाली भेगमा तापक्रम उल्लेख्य रूपमा घटेको छ ।
ओखलढुंगा : ६.२ डिग्री सेल्सियस
डडेलधुरा : ९.९ डिग्री सेल्सियस
ताप्लेजुङ : १३.७ डिग्री सेल्सियस
वीरेन्द्रनगर (सुर्खेत) : १४.३ डिग्री सेल्सियस
दिपायल : १५.५ डिग्री सेल्सियस
धनकुटा : १५.६ डिग्री सेल्सियस
घोराही (दाङ) : १७.० डिग्री सेल्सियस
पोखरा : १७.५ डिग्री सेल्सियस