Sunday, October 18

दार्चुला कारागारमा पुस्तकालय स्थापना

नेपालअखबार, दार्चुला । प्रहरी दिवस तथा दसैँको अवसर पारेर  जेनजी मदन बुढाले दार्चुलाको कारागारमा पुस्तकालय स्थापना गरेका छन् । काठमाडौँबाट करिब ४ सय बढी पुस्तक लिएर दार्चुलाको कारागारमा उनले आइतबार पुस्तकालय स्थापना गरेका हुन् ।

Advertisement

कारागारमा रहेका कैदीबन्दीलाई अध्ययन गर्ने अवसर प्रदान गर्नुका साथै उनीहरूमा पठन संस्कृतिको विकास गर्ने उद्देश्यले पुस्तकालय स्थापना गरिएको बुढाले बताए ।

Advertisement
Advertisement

‘कैदीबन्दीलाई फुर्सदको समय सदुपयोग गर्न, ज्ञान हासिल गर्न र अध्ययनको बानी विकास गर्न सहयोग पुग्ने आशा छ’ बुढाले भने, ‘अछाम र दार्चुलापछि सुदूरपश्चिमका अन्य जिल्लाहरूमा पुस्तकालय स्थापना अभियानलाई तीव्रता दिनेछु ।’

Advertisement

बुढाले पुर्‍याएको योगदानलाई जिल्ला कारागार दार्चुलाका कर्मचारी, प्रशासनले उनलाई धन्यवाद ज्ञापन गरेका छन् । ‘बन्दीहरूको तनाव व्यवस्थापन गर्न र उनीहरूलाई आत्मसन्तुष्टिको महसुस गराउन पुस्तकालयले ठुलो सहयोग गर्नेछ’,दार्चुलाका प्रमुख जिल्ला अधिकारी बर्तराज पौडेलले भने, ‘पुस्तक पढ्ने बानीले कारागार भित्रको वातावरण शान्त र व्यवस्थित हुने आशा गरेको छु ।’ बुढाले यसअघि अछामको बयलपाटा अस्पताल  र जिल्ला कारागार अछाममा पुस्तकालय स्थापना गरेका थिए ।