Thursday, October 22

मोटरसाइकल दुर्घटनामा बुबा-छोराको मृत्यु

नेपालअखबार,अर्घाखाँची। अर्घाखाँचीको भूमिकास्थानमा मोटरसाइकल दुर्घटना हुँदा घटनास्थलमै दुई जनाको मृत्यु भएको छ।

Advertisement

भूमिकास्थान नगरपालिका-२, भूमेकाथानमा लु ६४ प ७४७१ नम्बरको मोटरसाइकल बुधबार राति दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको हो।

Advertisement
Advertisement

दुर्घटनामा भूमिकास्थान–८ का अन्दाजी ६२ वर्षीय देवीराम आचार्य र उनका अन्दाजी २३ वर्षीय छोराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी दिवस जिसीले जानकारी दिए।

Advertisement

छोराको नाम खुलिसकेको छैन। घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।