Saturday, October 24

हूथी विद्रोहीविरुद्ध लड्न टर्कीले गर्‍यो अस्वीकार

नेपालअखबार, काठमाडौं । टर्कीले इरानसमर्थित हूथी विद्रोहीविरुद्ध हुने कुनै पनि सैन्य संघर्षमा सहभागी नहुने स्पष्ट पारेको छ । साउदी अरब र पाकिस्तानसँग संयुक्त रक्षा सम्झौता गरेको टर्कीले साउदीमाथि आक्रमण गरिरहेका हूथी विद्रोहीविरुद्ध लड्न अस्वीकार गरेको हो ।

Advertisement

टर्कीका रक्षामन्त्री याशर गुलेरले एक टेलिभिजन च्यानललाई दिएको अन्तर्वार्तामा हूथी विद्रोहीसँग कुनै पनि प्रकारको संघर्षमा सहभागी हुने योजना नरहेको बताएका छन् ।

Advertisement
Advertisement

उनले साउदी अरबलाई टर्कीले दिन सक्ने सम्भावित सैन्य सहयोगको मुख्य उद्देश्य प्रतिरोधात्मक क्षमता बलियो बनाउनु हुने बताए ।

Advertisement

टर्की, साउदी अरब र पाकिस्तानबीच गत अगस्टमा ‘मक्का संयुक्त रक्षा सम्झौता’मा हस्ताक्षर भएको थियो । उक्त सम्झौता अनुमोदनका लागि यसै साता टर्कीको संसद्मा पेस गरिएको छ ।

सम्झौताका प्रावधानअनुसार तीन देशमध्ये कुनै एकमाथि आक्रमण भए त्यसलाई तीनवटै देशमाथि भएको आक्रमण मानिनेछ ।