
नेपालअखबार,काठमाडौँ । सार्वजनिक खरिद अनुगमन कार्यालयले काममा लापरबाही गर्ने २० वटा निर्माण व्यवसायी तथा आपूर्तिकर्ता कम्पनीहरूलाई कालोसूचीमा राखेको छ।
कार्यालयको कात्तिक २० गतेको निर्णयानुसार सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम कात्तिक २१ गते सूचना जारी गर्दै ती कम्पनीहरूलाई १ वर्षदेखि २ वर्षसम्मका लागि कालोसूचीमा राखिएको हो।
कालोसूचीमा परेका कम्पनीहरूले उक्त अवधिभर कुनै पनि सार्वजनिक निकायको खरिद कारबाहीमा भाग लिन पाउने छैनन्।
विभिन्न सार्वजनिक निकायहरूबाट प्राप्त सिफारिसका आधारमा अनुगमन कार्यालयले यो निर्णय गरेको जनाएको छ।





