Saturday, November 14

गोरखाको धार्चेमा सुक्खा पहिरो

नेपालअखबार, गोरखा । गोरखा धार्चे–१ यारू पुल नजिक बगरमा भीषण सुक्खा पहिरो खसेको छ । आज बिहान बिहान ९ बजे उक्त स्थानमा पहिरो खसेको हो ।

Advertisement

उक्त क्षेत्रमा बाटो बन्द भएकोले कुनै मानवीय तथा भौतिक क्षति हुन नपाएको गोरखाका सहायक जिल्ला अधिकारी नेत्र प्रकाश शर्माले जानकारी दिए ।

Advertisement
Advertisement

पहिरोबारे थप जानकारी लिन प्रहरी टोली घटनास्थलमा पुगेको उनले जानकारी दिए ।

Advertisement

पहिरो खसेर केही छिटपुट ढुंगा तथा माटो बूढीगण्डकी नदीमा पुगे पनि नदी थुनिने अवस्था नरहेको गाउँपालिकाका अध्यक्ष लक्ष्मण गुरुङले बताए ।