Wednesday, November 18

सुन तोलामा ६ हजार ३ सय रुपैयाँ घट्यो

नेपालअखबार,काठमाडौं । सुनको मूल्य घट्ने क्रम जारी छ । बुधबार अघिल्लो दिनको तुलनामा सुन तोलामा ६ हजार ३ सय रुपैयाँ घटेको छ ।

Advertisement

यो मूल्य घटेसँगै आजका लागि नेपाल सुनचाँदी व्यवसायी महासंघले प्रतितोला २ लाख ६० हजार ९ सय रुपैयाँ कायम गरेको छ ।

Advertisement
Advertisement

तिहारयता सुनको मूल्य २३ हजार ४ सय रुपैयाँ घटिसकेको छ । तिहारअघि सुनको मूल्य प्रतितोला २ लाख ८४ हजार ३ सय रुपैयाँ थियो ।

Advertisement

त्यस्तै चाँदीको मूल्य आज तोलामा ११० रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला ३ हजार ४९० रुपैयाँमा कारोबार भएको चाँदी आज ३ हजार ३८० रुपैयाँमा झरेको छ ।