नेपाल अखबार, सर्लाही। सर्लाहीका दुई छुट्टाछुट्टै ठाउँमा बाढीले बगाउँदा दुई जनाको मृत्यु भएको छ।
ईश्वरपुर नगरपालिका र रामनगर गाउँपालिकामा बाढीले बगाउँदा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।
रामनगर ६ मा कुण्डी नहरले बगाउँदा स्थानीय ४५ वर्षीय बजेन्द्र झाको मृत्यु भएको छ। बुधबार दिउँसो बाढीले बगाएर बेपत्ता भएका झाको साँझ शव फेला परेको हो।
यसैगरी ईश्वरपुर ४ मा अमुवा खोलाको बाढीले बगाउँदा एक किशोरको मृत्यु भएको छ। लालबन्दी नगरपालिका ४ का १९ वर्षीय विशाल गोले बाढीले बगाउँदा सोमबारदेखि बेपत्ता थिए। उनको शव पनि बुधबारै फेला परेको हो।
साथीहरुसँग पौडी खेल्न जाँदा उनलाई बाढीले बगाएको प्रहरीले जनाएको छ।

