नेपाल अखबार, एजेन्सि। भारतमा कोरोना भाइरसबाट हुने संक्रमण र मृत्युदर तीब रुपमा बढ्न थालेको छ।
पछिल्लो २४ घण्टामा मात्रै भारतमा ४५ हजार पाँच सय ९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यस अवधिमा भारतमा एक हजार एक सय २० जनाले ज्यान गुमाएका भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्।
भारतमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या २९ हजार आठ सय ९० पुगेको छ।
त्यहाँ संक्रमितको संख्या १२ लाख ३९ हजार ६ सय ८४ पुगेको छ। भारतमा लकडाउन हटेसँगै कोरोना संक्रमण र मृत्युदर तीब्र रुपमा बढ्न थालेको छ।

