नेपाल अखबार, बागलुङ । बागलुङ नगरपालिका–१ निरयघाट नजिक खसेको पहिरोले स्काभेटर, टिपर र ट्याक्टर पुरेको छ ।
गएराति साढे आठ बजे खसेको पहिरोमा परी टिपर चालक निर्मल पुन र ट्याक्टर चालक रोशन नेपाली बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दीपक रिजालले जानकारी दिए । स्काभेटर चालक भने सम्पर्कमा आएको उनको भनाइ छ ।
Nepal Akhabar > Blog > समाचार > बागलुङको पहिरोमा पुरिएर टिपर र ट्याक्टर चालक बेपत्ता