प्रदेश ५समाचार

पहिरोले बुटवल–तानसेन सडक अवरुद्ध

नेपाल अखबार, बुटवल । सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल तानसेन सडकखण्डमा पहिरोको कारण गए रातिदेखि सडक अवरुद्ध भएको छ  । उक्त सडकखण्डको सिद्धबाबा क्षेत्रमा गत रातिदेखि परेको वर्षाले तीन ठाउँमा पहिरो गएको प्रहरीले जनाएको छ ।पाँच नम्बर प्रदेश ट्राफ्रिक प्रहरी कार्यालय बुटवलका अनुसार सिद्धबाबा क्षेत्रमा झरेको पहिरो हटाउने कार्य जारी रहेको छ ।
तीन ठाउँको पहिरो एक ठाउँमा हटाइएको छ । दुई ठाउँमा बाँकी रहेकोले अझै २ घण्टा लाग्ने अनुमान गरिएको छ । सडक अवरुद्ध भएपछि पाल्पाबाट बुटवल आउने र बुटवलबाट पाल्पा जाने सवारी साधन रोकिएका छन् ।

the authoradmin

Leave a Reply