Monday, May 11

कोरोना अपडेट : पछिल्लो २४ घण्टामा अमेरिका र ब्राजिलमा भन्दा पनि भारतमा धेरैको मृत्यु

नेपाल अखबार, एजेन्सि। पछिल्लो २४ घण्टामा अमेरिका र ब्राजिलमा भन्दा पनि कोरोना संक्रमणका कारण भारतमा धेरैले ज्यान गुमाएका छन्।
वल्र्डओमिटरका अनुसार कोरोना भाइरस संक्रमणबाट आक्रान्त अमेरिका र ब्राजिलमा भन्दा पनि पछिल्लो २४ घण्टामा भारतमा धेरैको मृत्यु भएको हो।
गएको २४ घण्टामा कोरोना संक्रमणबाट भारतमा सात सय १६ जनाले ज्यान गुमाएका छन्। यसबीचमा ब्राजिलमा पाँच सय ५६ र अमेरिकामा चार सय ४७ जनाले ज्यान गुमाएका छन्।
गएको २४ घण्टामा सबैभन्दा धेरै मेक्सिकोमा सात सय २९ जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ। गएको २४ घण्टामा विश्वभर संक्रमणको कारण चार हजार एक सयले ज्यान गुमाएका छन्।
संक्रमणदर पनि भारतमा उच्च छ। गएको २४ घण्टामा भारतमा ५० हजार पाँच सय २५ जनामा संक्रमण पुष्टि भएको छ। यस बीचमा अमेरिकामा ५५ हजार भन्दा धेरै र ब्राजिलमा २३ हजारभन्दा धेरैमा संक्रमण देखिएको छ।
अहिलेसम्म विश्वभर कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या साढे ६ लाख नाघेको छ भने एक करोड ६४ लाख पाँच हजार भन्दा धेरै संक्रमित भएका छन्। यो सोमबार बिहान सात बजेसम्मको तथ्यांक हो।
भारतमा मृतकको संख्या ३२ हजार आठ सय १२ पुगेको छ भने संक्रमितको संख्या १४ लाख ३६ हजार नाघेको छ।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *