प्रदेश ४समाचारस्वास्थ्य

गण्डकी प्रदेशमा थप २२ मा कोरोना संक्रमण पुष्टि

नेपाल अखबार, पोखरा । स्याङ्जाका १८ सहित गण्डकी प्रदेशमा थप २२ मा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य निर्देशनालय गण्डकीले सोमबार स्याङ्जाका १८, कास्कीका २ र लमजुङका २ गरी २२ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको हो ।
निर्देशनालयका अनुसार कोरोना पुष्टि हुनेमा कास्कीको ४२ र ३० वर्षका २ पुरुष, लमजुङका ३१ र २३ वर्षका २ पुरुष तथा स्याङ्जाका २७ देखि ४६ वर्ष समुहका १७ पुरुष र एक २६ वर्षीया महिला रहेका छन् । स्याङ्जाका सबै संक्रमित पुतलीबजारका रहेको जनाइएको छ ।
संक्रमितलाई जिल्लाको आइसोलेसनमा लैजाने तयारी भैरहेको निर्देशनालयले जनाएको छ । यस सँगै गण्डकीमा कोरोना संक्रमितको संख्या १ हजार ३ सय ९९ पुगेको छ ।
निर्देशनालयका अनुसार गण्डकी प्रदेशमा कोभिड-१९ संक्रमण निको हुनेको संख्या १२ सय १ रहेको छ ।

the authoradmin

Leave a Reply