Monday, April 20

नाजुक बन्दै भारतको अवस्था, एकैदिनमा झन्डै ५० हजार संक्रमित बने

नेपाल अखबार, एजेन्सि। भारतमा कोरोना भाइरसबाट दैनिक सङ्क्रमितको संख्या अत्यधिक बृद्धि भएको छ।

केन्द्रिय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले सोमबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा ४९ हजार ९३१ जना कोरोना भाइरसबाट सङ्क्रमित भएका छन्।
भारतमा अहिलेसम्म कोरोनाबाट सङ्क्रमित भएकाको कुल संख्या १४ लाख ३५ हजार ४५३ पुगेको छ। तीमध्ये चार लाख ८५ हजार ११४ जना अझै पनि सङ्क्रमित अवस्थामै रहेका छन् भने नौ लाख १७ हजार ५६८ जना सङ्क्रणमुक्त भइसकेका छन्।
त्यसैगरी पछिल्लो २४ घण्टामा भारतमा कोरोनाबाट सङ्क्रमित भएर ७०८ जनाको मृत्यु भएको छ। योसँगै कुल मृतकको संख्या ३२ हजार ७७१ पुगेको अधिकारीले जनाएका छन्।
लकडाउन खुकुलो बनाएपछि कोरोनाका कारण भारतको अवस्था नाजुक बन्दै गएको छ। हाल भारत कोरोनाबाट सबैभन्दा बढी प्रभावित राष्ट्रको तेस्रो स्थानमा छ। रासस/एएनआई

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *