Monday, April 20

पोखराको जिएमसीमा एक नर्समा कोरोना संक्रमण पुष्टि

नेपाल अखबार, पोखरा । पोखराको गण्डकी मेडिकल कलेजकी एक स्टार्फ नर्समा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।
केही दिन उपचार भई डिस्चार्ज भएकी नर्समा कोरोना परीक्षण गर्दा कोरोना पोजेटिभ नतिजा आएको कास्कीका बरिष्ठ जनस्वास्थ्य अधिकृत बाबुराम आचार्यले बताए । ३० वर्षीया ती नर्स केही दिन देखि बिदामा रहेको अस्पताल स्रोतले जानकारी दिएको छ । कोरोना पुष्टि भए सँगै उनको सम्पर्कमा आएका व्यक्तिहरुको कन्ट्याक ट्रेसिङ गर्न सुरु भएको उनले जनाइएको छ ।
यस अघि आजै  पाे खरा मणिपाल अस्पतालका डाक्टरमा पनि संक्रमण पुष्टि  भएको थियो ।
पोखरा महानगरका दुई जना सहित आज मात्रै गण्डकी प्रदेशमा २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *