राजनीतिसमाचार

सरिता गिरीको ठाउँमा आज लिलादेवी सिटौलाले सपथ लिँदै

नेपाल अखबार, काठमाडाैं। जनता समाजवादीको रिक्त समानुपातिकतर्फको एक सिटमा सांसद लिलादेवी सिटौलाले सपथ लिँदैछिन् । प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले दिउँसो १ बजे नवनिर्वाचित समानुपातिकतर्फका सांसद सिटौलालाई सपथ खुवाउने कार्यक्रम तय भएकाे सभामुखको निजी सचिवालयले जनाएको छ ।
गत असार २३ गते जनता समाजवादी पार्टीले सरिता गिरीलाई पार्टी र सांसद् पदबाट बर्खास्त गरेको थियो । गिरीले नेपालको भूभाग लिम्पियाधुरालाई अस्वीकार गर्दै नेपाल, भारत र चीनबीचको सम्बन्धमा खलल पुग्ने विवादास्पद अभिव्यक्ति दिँदै आएकी थिइन् ।

the authoradmin

Leave a Reply