विश्वसमाचार

इरानले अमेरिकाको डमी युद्धपोतलाई मिसाइलले उडायो

नेपाल अखबार, एजेन्सि। इरानले आफ्नो मिसाइल अभ्यासको सिलसिलामा अमेरिकी युद्धपोतको डमीलाई उडाएको छ ।
यो अभ्यासमा यति ठूलो आगोको लप्का उठेको थियो कि अमेरिकी सैनिकले आफ्ना दुई क्षेत्रीय बेसलाई अलर्ट मोडमा राखेको छ ।
यद्यपि, पछि अमेरिकी नौसेनाले इरानको यो अभ्यासलाई गैर जिम्मेवारी र लापरवाहीयुक्त बताएको छ ।
अमेरिकी नौसेनाका अनुसार इरानको तर्फबाट यो उक्साउने र कारवाही गर्नका लागि बाध्य पार्ने कदम हो ।

यो अभ्यास यस्तो समयमा गरिएको हो जब खाडी क्षेत्रमा तेहरान र वासिङ्टनबीच लगातार तनाव बढिरहेको छ ।
इरानको सरकारी टेलिभिजनका अनुसार अभ्यासको नाम पेगम्बर मोहम्मद १४ औं राखिएको थियो ।
यस्तै अमेरिकी युद्धपोतको डमी ठ्याक्कै त्यस्तै देखिएको थियो जुन अमेरिकाले खाडीमा तैनाथ गरेको थियो । यो डमी युद्धपोतमा डमी फाइटर जेट विमान पनि तैनाथ थियो । यो युद्धपोतलाई विभिन्न कोणबाट मिसाइल दागिएको थियो ।
यो युद्धपोतमा हेलिकोप्टरमार्फत् पनि मिसाइल दागियो जुन युद्धपोतको एउटा किनारासँग ठोक्कियो ।

आक्रामक अभ्यासमा अमेरिकी प्रतिक्रियाः
इरानको रिभोल्यूसनरी गार्डस्का कमान्डर मेजर जनरल हुसैन सालामीले सरकारी टेलिभिजनसँग भने, ‘यो अभ्यासमा हाम्रो वायुसेना र नौसेनाको आक्रामक शैली देखियो ।’
अमेरिकी सेनाका अनुसार यो अभ्यासमा ब्यालिस्टिक मिसाइलमार्फत् फायरिङ गरियो जसका कारण संयुक्त अरब इमिरेट्स र कतारमा अमेरिकी युनिटलाई अलर्ट जारी गरियो ।
अमेरिकी नौसेनाको बहराइनस्थित पाँचौं फ्लििटकी प्रवक्ता रेबेका रेबारिचले अमेरिकी नौसेनाले आफ्ना सहयोगीसँग रक्षात्मक अभ्यास, नौसेना सुरक्षाले प्रोत्साहन पाओस् भन्ने हेतुले गर्ने गरेको तर इरानको अभ्यास ‘उक्साउने र कारवाहीका लागि बाध्य पार्नेजस्तो’ आक्रामक रहेको बताइन् ।
स्रोतः बीबीसी

the authoradmin

Leave a Reply