Wednesday, October 29

मालबाहक कन्टेनर त्रिशूलीमा बेपत्ता, चालकले हाम फालेर ज्यान जोगाए

नेपाल अखबार, चितवन। विराटनगरबाट काठमाडौँतर्फ जाँदै गरेको मालबाहक कन्टेनर चितवनको इच्छाकामना गाउँपालिका–५ नाग्दीखोला नजिकबाट त्रिशूली नदीमा खसेर वेपत्ता भएको छ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज बिहान ना ३ ख ८९८७ नम्बरको कन्टेनर र काठमाडौँबाट नारायणगढतर्फ आउँदै गरेको ना ६ ख ५६८७ नम्बरको ट्रक आपसमा ठक्कर खाँदा कन्टेनर त्रिशूलीमा खसेर बेपत्ता भएको हो।
कन्टेनरका चालक सिन्धुपाल्चोक, बाह्रबिसेका ३५ वर्षीय राजेन्द्र बस्नेतले भने हाम्फालेर ज्यान जोगाएका छन्। उनी सामान्य घाइते भएका जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी सूर्यबहादुर थापाले जानकारी दिए। ‘उनको स्थानीय मेडिकलमा उपचार भइरहेको छ, अवस्था सामान्य छ,’ थापाले भने, ‘ट्रकमा रहेका कोही पनि घाइते छैनन्।’
कन्टेनरमा भाटभटेनी सुपरमार्केटको सामान रहेको प्रहरीले जनाएको छ। बेपत्ता कन्टेनरको खोजी भइरहेको डिएसपी थापाले बताए।

Advertisement

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *